पहलगाम हमलाको बदला- पाकिस्तानको ९ आतंकी क्षेत्रमा भारतीय वायू सेनाको स्ट्राइक !


सिरहा । जम्मू-कश्मीरको पहलगाममा भएको आतंकी हमलाको बदला लिन भारतीय सेनाले ‘अप्रेशन सिन्दूर’ चलाएको छ ।

सो अन्तर्गत राति भारतीय वायू सेनाले पाकिस्तानको ९ आतंकी क्षेत्रमा ‘टारगेटेड स्ट्राइक’ गरेको छ । आतंकी बस्ने क्षेत्रलाई टार्गेट गरेर भारतीय वायू सेनाले स्ट्राइक गरेको दावी गर्दै आजतकले एउटा भिडिओ समेत जारी गरेको छ ।

भिडिओमा बिस्फोटको ठूलो आवाज आएको छ । राति करिब डेढ बजे बहावलपुर, कोटली र मुजफ्फराबादमा मिसाइल हमला गराएको दावी भारतीय सेनाको तर्फबाट गरिको छ ।

प्रकाशित : २०८२ बैशाख २४, बुधबार ०४:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ