दिल्ली राज्य सरकारले भन्यो- सरकारी कर्मचारीले बिदा नबस्नू


काठमाडौं । भारतको दिल्ली राज्य सरकारले भारतीय सरकारी कर्मचारीहरूलाई अर्को आदेश नआएसम्मका लागि बिदा लिन रोक लगाएको छ ।

सीएनएनका अनुसार भारतीय राज्यनियन्त्रित रेडियोले मे ८ मा सार्वजानिक गरेको सरकारी सूचनामा सो कुरा उल्लेख छ ।

‘हालको परिस्थिति र आपतकालीन प्रतिकार्य प्रणालीको तयारीको लागि एनसीटी दिल्ली सरकारका कुनै पनि अधिकारी वा कर्मचारीले अर्को आदेश नआएसम्म छुट्टी नपाउने निर्देशन दिएको छ,’ सूचनामा भनिएको छ ।

यो आदेश भारत र पाकिस्तानबीच ठूलो द्वन्द्वको नजिक पुगेको आशंकाको बीचमा आएको हो ।

प्रकाशित : २०८२ बैशाख २६, शुक्रबार ०७:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ