अमेरिकासंग साउदीले १४२ अर्ब डलरको अत्याधुनिक युद्ध हतियार किन्दै !


काठमाडौं । अमेरिका र साउदी अरबबीच १४२ अर्ब डलरको सम्झौता भएको छ ।

साउदीमा आयोजित द्विपक्षीय वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र साउदीका राजकुमार मोहम्मद बिन सलमानले मंगलबार उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता रक्षामा केन्द्रित रहेको ह्वाइट हाउसले जनाएको छ । अमेरिकाले यस सम्झौतालाई इतिहासकै सबैभन्दा ठूलो रक्षा सम्झौता रहेको बताएको छ ।

सम्झौताअन्तर्गत अमेरिकाले साउदीलाई अत्याधुनिक युद्ध उपकरणहरू प्रदान गर्नेछ ।

राष्ट्रपति ट्रम्प यतिबेला मिडलइस्ट भ्रमणमा निस्किएका छन् । चार दिने भ्रमणमा उनले साउदी, कतार र युएईको भ्रमण गर्ने तालिका छ ।

प्रकाशित : २०८२ बैशाख ३१, बुधबार ०७:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ