केदारनाथमा हेलिकप्टर दुर्घटना, पछाडिको भाग अचानक भाँचिएपछि…


भारतस्थित ऋषिकेश एम्सबाट केदारनाथ आउँदै गरेको हेलिकप्टर अचानक अनियन्त्रित हुँदा अवतरणका क्रममा दुर्घटना भएको छ।

शनिबार यो हेलिकप्टर केदारनाथ हेलिप्याडमा अवतरण गर्ने क्रममा यसको पछाडिको भाग अचानक भाँचिएको हो ।

बिरामी लिन आएको हेलिकप्टर केदारनाथ हेलिप्याडमा दुर्घटना भए पनि त्यसमा सवार सबै जना सुरक्षित छन् ।

ऋषिकेशबाट सञ्चालित उक्त हेली एम्बुलेन्सका रूपमा चल्छ । दुई जना डाक्टर र पाइलट सवार हेलिकप्टर हेलिप्याडबाट २० मिटर टाढा दुर्घटना भएको थियो ।

श्री केदारनाथ धाममा बिरामीलाई उद्धार गर्न आएको सञ्जीवनी हेलिकप्टर एम्बुलेन्स आपतकालीन अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको छ ।

पाइलटको होसियारीका कारण ठूलो क्षति हुनबाट जोगिएको भारतीय पत्रिका जागरणले जनाएको छ ।

प्रकाशित : २०८२ जेष्ठ ३, शनिबार १६:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ