अमेरिकामा २ बालबालिकासहित ४ नेपालीको गोली हानी हत्या


काठमाडौं । अमेरिकाको भर्जिनियास्थित म्यानेसस पार्कमा २ बालबालिकासहित चार नेपाली मृत अवस्थामा फेला परेका छन् ।

मृतकमध्ये ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, एक २ वर्षे बालक र ८ वर्षीया बालिका रहेका छन् । उनीहरु एकै परिवारको हो होइन खुलिसकेको छैन ।

म्यानेसस पार्क प्रहरी विभागका अनुसार बिहीबार राति करिब १०ः४० बजे घरधनीले आफ्ना भाडामा बस्नेहरूलाई सुरक्षाको अनुगमन गरिदिन अनुरोध गरेका थिए ।

घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरूले घरको तल्लो तलामा प्रवेश गर्दा चार जना व्यक्तिलाई मृत अवस्थामा फेला परेको हो । उनीहरू सबैको मृत्यु गोली लागेका कारण भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनास्थलबाट एकवटा बन्दुक पनि बरामद गरिएको छ।

सवै शवहरू म्यानेससको मेडिकल एक्जामिनरको कार्यालयमा परीक्षणका लागि पठाइएको प्रहरी विभागले जनाएको छ । प्रहरीका अनुसार यो घटना हत्या होकी आत्महत्या हो भनेर अनुसन्धान भइरहेको छ ।

प्रकाशित : २०८२ जेष्ठ २४, शनिबार ०७:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ