प्रदेश २ : सामाजिक विकास मन्त्रालयका तीन कर्मचारीमा कोरोना पुष्टि

जनकपुरधाम : प्रदेश २ को सामाजिक विकास मन्त्रालयका तीन जना कर्मचारीलाई कोरोना भाइरस लागेको पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयका सह-निर्देशक विजय झाका अनुसार मन्त्रालयका ५० वर्षीय स्टोर किपर, ३५ वर्षीय सबारी चालक र एक २५ वर्षीय कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका २२ जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गरिएको थियो । तिमध्ये तीन जनामा कोरोना पोजेटिभ देखिएको सह-निर्देशक झाले जानकारी दिए । पोजेटिभ देखिएका तीनै जनालाई आइसोलेसनमा पठाइसकिएको उनको भनाई छ ।

पोजेटिभ व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ्ग गर्ने काम भइरहेको छ । उनीहरुको सम्पर्कमा आएका सबैको पिसिआर परिक्षण गरिने बताइएको छ ।

प्रकाशित : 29 July 2020 3:58 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !