वीरगञ्ज : वीरगञ्जमा गरिएको परीक्षणमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये बाराका तीन र पर्साका ५० जना छन् ।
वीरगञ्जको नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा बुधबार राति थप ५३ जनामा कोरोना संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।
संक्रमित मध्ये नारायणी अस्पतालका ४ स्वास्थयकर्मी तथा अस्पतालको क्वाटरमा बस्दै आएका स्वास्थयकर्मीहरुको परिवारका ११ जना छन् । एक जना एम्बुलेन्स चालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।