जनकपुरधाम : प्रदेश २ मा आज ८८ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १४ जना र महोत्तरीका ४ जनामा संक्रमण पुष्टि भएको छ । नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा बाराका ६ जना र पर्साका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा बाराका ५ जना, महोत्तरीका एक जना, रौतहटका २ जना, सर्लाहीका एक जना र सप्तरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा बाराका एकजना, पर्साका एकजना र सर्लाहीका २ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, स्टार अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा महोत्तरीका एक जना र पर्साका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा सर्लाहीका एक जनामा पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा पनि सर्लाहीका एक जनामा संक्रमण देखिएको छ ।