जनकपुरधाम : कोरोना महामारी फैलिएको पर्साको वीरगञ्जमा सरकारले उच्चस्तरीय स्वास्थ्य टोली पठाइएको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली प्रदेश २ को वीरगञ्ज पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
आरडिटी विधिबाट कोरोना परीक्षण नगर्न आग्रह गरेको छ । प्रवक्ता डा. गौतमले आरडिटी परीक्षण नगर्न प्रदेश, स्थानीय तह र अस्पतालहरुलाई आग्रह गरिएको समेत बताए ।
यस्तै, आकस्मिक सेवासहित अन्य सेवा प्रभावित भएका अस्पतालहरुमा उचित व्यवस्थापन गरी उपचारको व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ ।
प्रवक्ता डा. गौतमले ६० वर्षमाथिका ज्येष्ठ नागरिक र १२ वर्षमुनिका बालबालिकालाई घरबाहिर ननिस्किन आग्रह गरेका छन् ।