वीरगञ्ज : पर्सामा फेरी कोरोना संक्रमित एक युवतीको मृत्यू भएको छ । मृत्यू हुनेमा पोखरिया नगरपालिका ९ बर्वा टोलमा मामाघरमा बस्दै आएकी १८ वर्षीय युवती छन् ।
पटक पटक वान्ता भएपछि सोमवार उनलाई आफ्न्तले उपचारका लागि वीरगञ्जको नेशनल मेडिकल कलेज लग्दै थियो । तर अस्पताल नपुग्दै बाटोमै उनको मृत्यू भयो । त्यसपछि उनको स्याब संकलन गरी कोरोना परीक्षणका लागि पठाइएको थियो ।
उनको रिपोर्ट मंगलबार राति पोजेटिभ आएको छ । अस्थायी कोरोना अस्पताल गण्डकका संयोजक डाक्टर उदयनारायण सिंहले पनि ति युवतीको मृत्यू कोरोना संक्रमणकै कारण भएको पुष्टि भएका छन् ।
योसँगै नेपालमा कोरोनाले मृत्यू हुनेको संख्या ५९ पुगेको छ ।