जयनाथ यादब/ सिरहा : सिरहाका १२ स्थानीय तहले मात्र कोरोना नियन्त्रण तथा रोकथाम र राहत वितरणमा खर्च गरेको विवरण सार्वजनिक गरेको छ । सिरहामा कुल १७ स्थानीय तह छन् ।
कोरोनाको नाउमा ब्यापक अनियमित खर्च भएको चर्चा चलेपछि जिल्ला बिपद् ब्यबस्थापन समिति सिरहाले तीन दिनभित्र खर्च बिबरण सार्बजनिक गर्न भने भनेको थियो । तर ५ स्थानीय तहले अझै खर्च विवरण सार्वजनिक गर्न मानेका छैन ।
खर्च बिबरण सार्बजनिक गर्नेमा सिरहा नगरपालिकाले सबैभन्दा बढी ५ करोड ९० लाख ८६ हजार ४३० रुपैया खर्च गरेका छन् भने सबैभन्दा कम अर्नामा गाउँपालिकाले ३९ लाख ५९ हजार १०३ रुपैयाँ खर्च गरेका छन् । यस्तै गोलबजार नगरपालिकाले १ करोड ६० लाख ८५ हजार ५३ रुपैयाँ, कर्जन्हा नगरपालिकाले १ करोड ४८ लाख १५ हजार ८१६ रुपैयाँ, धनगढीमाइ नगरपालिकाले ५५ लाख ९४ हजार ६३३ रुपैया, बिष्णुपुर गाउँपालिकाले ८८ लाख ६१ हजार ७१० रुपैया र लहान नगरपालिकाले १ करोड ९८ लाख ४० हजार ७८ रुपैया खर्चेका छन् ।
यस्तै बरियारपट्टि गाउँपालिकाले १ करोड ५७ लाख २३ हजार ७६७ रुपैया, नरहा गाउँपालिकाले ७३ लाख ५९ हजार २४९ रुपैया, लक्षमिपुर पतारी गाउँपालिकाले ६९ लाख ६५ हजार ६९५ रुपैया, मिर्चैया नगरपालिकाले १ करोड ७२ लाख ८१ हजार ७७ रुपैयाँ र औरहि गाउँपलिकाले २ करोड २० लाख ८० हजार ९३० रुपैया खर्च गरेका छन् ।
यस्तै जिल्ला स्वास्थ्य कार्यालय सिरहाले ३० लाख ८६ हजार २८८ रुपैया र जिल्ला अस्पताल कार्यालय सिरहाले १ करोड ३८ लाख ५९ हजार ७०७ रुपैयाँ खर्च गरेको छ । कल्याणपुर नगरपालिका, सुखिपुर नगरपालिका, सखुवानन्कारकट्टि गाउँपालिका, भगबानपुर गाउँपालिका र नबराजपुर गाउँपालिका खर्च सार्वजनिक गरेका छैन ।