काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)लाई जातीय पहिचानको मुद्दा नछाड्न सरोकारवालाले सुझाएका छन् ।
शुक्रबार पार्टीको केन्द्रीय कार्यालयमा भएको ‘पहिचानको राजनीतिः हिजो, आज र भोलि’ विषयक अन्तरक्रियामा सहभागी सो पार्टीका भातृसंगठनका नेताहरुले पहिचानको मुद्दाबाट पार्टी विचलित हुननहुने धारणा राखेका हुन् ।
मुलुकमा शासन व्यवस्था परिवर्तन भएपनि जात–जातिका अवस्था उस्तै रहेकाले अबको पार्टीको एजेन्डा सम्पूर्ण जातजातिको समानुपातिक विकास र पहुँच स्थापना हुनुपर्ने वक्ताहरुको माग छ । विश्व आदिवासी दिवसको सन्दर्भमा जसपाले उक्त कार्यक्रम आयोजना गरेको हो ।
विश्व आदिवासी दिवस प्रत्येक वर्ष अगस्ट महिनाको ९ तारिखमा मनाइन्छ ।