जनकपुरधाम : पछिल्लो २४ घण्टामा जनकपुरस्थित डिआइजी अफिसका ३ पुरुष प्रहरीसहित प्रदेश २ मा १५१ कोरोना संक्रमित थपिएका छन् । योसँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ४२८ पुगेको हो ।
सामाजिक विकास मन्त्रालयका अनुसार धनुषामा २८ जना, महोत्तरीमा २३ जना, सिरहामा ३ जना, बारामा २० जना, पर्सामा ३९ जना, सर्लाहीमा ५ जना, रौतहटमा २१ जना र सप्तरीमा १२ जना कोरोना संक्रमित थपिएका छन् ।
जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक २१ वर्षीय पुरुष कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
हेर्नुस् पुरा डिटेल :