जनकपुरधाम : जनता समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायण यादवसहित धनुषाका ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा भएको परीक्षणमा डा. यादवसहित धनुषाका ४८ जनामा संक्रमण पुष्टि भएको हो ।प्रतिनिधिसभा सदस्य सञ्चालक रहेका जनकपुरस्थित जानकी हेल्थ केयरमा कार्यरत एक अन्य चिकित्सिकसहित चार जनामा संक्रमण पुष्टि भएको छ ।
बालरोग विशेषज्ञ डा. यादव जानकी हेल्थकेयरमा बिरामी जाँच गर्ने गरेका छन् ।
स्रोत : आयोमेल