जनकपुरधाम : जनकपुरको नव जीवन अस्पतालमा रिपोर्टिङ गर्न पुगेका टुडेखोज डटकमका सम्पादक सन्तोष यादबमाथि प्रहरीले गुण्डा शैलीमा लाठी बर्साएर गम्भिर घाईते बनाएका छन् ।
नव जीवन अस्पतालमा डाक्टरको लापरबाहीले विहिवार राति ३५ वर्षीया रुकमणी सदाको ज्यान गएको थियो । मृतककी आफ्न्तले डाक्टरको लापरहीले ज्यान गएको भन्दै छानविनको माग राख्दै शव बुझ्न मानेनन् । शुक्रवार राति करिब ८ बजे प्रहरीले मृतककी आफ्न्तमाथि लाठीचार्ज गरेर शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल पुर्याए ।
करिब सयौंको संख्यामा प्रहरीले मृतक महिलाकी शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल पुर्याउन नवजीवन अस्पताल पुगेको थियो । मृतककी आफ्न्तमाथि लाठीचार्ज गर्दै प्रहरीले शव लगिरहको तस्विर खिच्ने प्रयास गरेका थिए सम्पाद यादब । सोही बेला प्रहरीले उनलाई घेरा हालेर निर्ममतापूर्वक कुटपिट गरेका छन् ।
सम्पादक यादबले पत्रकार हुँ भन्दै आइडी कार्ड समेत देखाएपनि प्रहरीले लाठी प्रहार गरिरह्यो । त्यहाँका स्थानीयले पनि पत्रकार हो नकुट्नुस् भन्दा पनि प्रहरीले कसैलाई सुनेनन् । यस्तै सम्पादक यादबसँगै रहेका टुडेखोज डटकमकै पत्रकार सिबेन्द्र रोहिताको मोवाइल खोसेर कैद गरिएको तस्विर र भिडियो प्रहरीले डिलिट गरिदिएका छन् ।
घाईते सम्पादक यादब उपचारका लागि धनुषा अस्पतालमा भर्ना भएका हुन् । घटनापछि पत्रकारहरुले दोषी प्रहरीमाथि कारबाहीको माग गरेका छन् ।