शव बोकेको जिप दुर्घटना, ४ जनाको मृत्यु


बैतडी । बैतडीको पञ्चेश्वरमा बोलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ ।

पञ्चेश्वर गाउँपालिका ६ मा भएको दुर्घटनामा परि मृत्यु हुनेमा अन्दाजी ५० वर्षीय जीतसिंह भण्डारी, अन्दाजी ३० वर्षीय डम्मरसिंह भण्डारी, अन्दाजी २७ वर्षीय हिक्मत भण्डारी र अन्दाजी ४० वर्षीय दीपक भण्डारी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

से १ ज १८३ नम्बरको जिप जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ को गणमेश्रमा दुर्घटनामा परेको हो ।

सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का सदस्य गोविन्दसिंह भण्डारीको शव पोस्टमार्टमका लागि ल्याउँदै गरेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 4 May 2021 5:00 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ