भारतमा चट्याङ लागेर २३ जनाको मृत्यु, राहत दिने मोदीको घोषणा


काठमाडौं ‌: भारतको पश्चिम बंगालका विभिन्न तीन जिल्लामा सोमबार राति आएको तीव्र हावाहुरी सहितको ठूलो वर्षाका कारण परेको चट्याङमा परी २३ जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।

चट्याङ लागेर हुगलीमा १०, मुर्शिदावादमा नौ, हावडा र पश्चिम मोदिनीपुरमा दुईरदुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा अधिकांश खेतमा काम गरिरहेकाहरु रहेका छन् । घाइते सातजनाको उपचार भइरहेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई २/२ लाख र घाइतेका परिवारलाई ५०/५० हजार (भारतीय रुपैयाँ) दिने घोषणा गरेका छन् ।

प्रकाशित : 8 June 2021 8:18 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ