दाइजो कसुरमा जेल चलान भएका डा. पंकजलाइ छाड्न उच्च अदालत जनकपुरको आदेश


जनकपुरधाम । उच्च अदालत जनकपुरले दाइजोसम्बन्धी कसूरमा महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का डा. पंकज चौधरीलाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको छ ।

अदालतले उनलाई तीनलाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलासले बिहीबार धरौटी लिएर रिहा गर्न आदेश दिएको राजिष्टार खड्गराज अधिकारीले जानकारी दिए । पुस २२ गते जिल्ला अदालत महोत्तरीको आदेशमा डा।चौधरीलाई पुर्पक्षकालागि जेल चलान भएका थिए ।

दाइजोका कारण घरेलु हिंसामा परेको भन्दै पंकजकी श्रीमती महोत्तरीकी औरही नगरपालिका –१ माइत भएकी २१ वर्षीया नेहा चौधरीले दाइजोसम्बन्धी कसूर मुद्दा दायर गरेकी थिइन् । तीन वर्षको प्रेमसम्बन्ध पश्चात २५ फागुन २०७८ मा नेहा र पंकजबीच सामाजिक परम्परा अनुसार जनकपुरधामको राजदरबार होटेलमा विवाह सम्पन्न भएको थियो ।

विवाहको चारमहिनापछि श्रीमान श्रीमतीबीच विवाद उत्पन्न भएको थियो । नेहाले दाइजोमा पंकजले काठमाण्डुमा घर किनिदिन भन्दै आफूलाई यातना दिइरहेको आरोप लगाउँदै आएकी छन् । पंकजले भने आफूमाथि लगाएको आरोप निराधार रहेको दाबी गर्दै आएका छन् ।

दाइजो सम्बन्धीको कसुरमा मुद्दा परेपछि फरार रहेका पंकजका बुबा ६० वर्षीय रामप्रवेश चौधरी पनि पुर्पक्षका लागि गत फागुन ३० गत जलेश्वर कारागार चलान भएका छन् ।

प्रकाशित : २०७९ चैत्र १०, शुक्रबार ०८:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ