मधेशमा नयाँ सरकारमा सहभागी हुने/नहुनेबारे लोसपाले गरेन कुनै निर्णय


जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेश सरकारमा सहभागी हुने/नहुने कुनै निर्णय नलिने भएको छ ।

लोसपाको आज पदाधिकारी बैठक बसेको थियो । उक्त बैठकले सरकारमा सहभागी हुने कि नहुने कुनै निर्णय नगरेको पार्टीका महासचिव मनिष मिश्रले जानकारी दिए ।

अहिले लोसपा सत्ता गठबन्धन मात्र होइन्, संघ र प्रदेश सरकारमा पनि छैन । मधेश प्रदेशमा नयाँ सरकार बनाउन लोसपाले सहयोग गर्ने सत्ता गठबन्धनका मधेश प्रदेशका नेताहरुको दावी छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले जेठ २३ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रकाशित : 2 June 2024 5:10 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ