काठमाडौं : प्रहरी चौकी गौरीशंकर, सर्लाहीका प्रहरी सहायक निरीक्षक राम विश्वास राय यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असई यादवविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । यादवले भारतीय नम्बरको मोटरसाइकल नियन्त्रणमा लिई पाँच हजार रुपैयाँ दिए छुटाई दिने भन्दै घुस लिएको अख्तियारले जनाएको छ ।
विशेष सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले यादवलाई पाँच हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।
उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।