जनकपुरधाम : सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर नेपाल (सिडेन)को धनुषा जिल्ला कार्यसमिति गठन गरिएको छ ।
इन्जिनियर श्याम किशोर साफीको नेतृत्वमा १५ सदस्यीय कार्य समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा इन्जिनियर शेखर पंजियार, सचिवमा इन्जिनियर महेश कुमार यादव, सह-सचिवमा इन्जिनियर बिनोद कुमार साह र कोषाध्यक्षमा इन्जिनियर मनिषा कुमारी कर्ण चयन भएका छन् ।
यस्तै सदस्यहरुमा इन्जिनियरहरु दिपेश कुमार यादव, कमल कुमार मण्डल, कमलेश महतो, दिपेन्द्र यादव, बिना कुमारी यादव, प्रकाश झा, दुर्गेश झा, रितेश कुमार रोहिता, संजिब कुमार महतो, बिनय कुमार गुप्ता चयन भएका छन् ।
तीन सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । जसमा इन्जिनियर रतन कुमार पुर्बे, राम ईश्वर यादव र राजकिशोर भिनवार छन् ।
सिडेन प्रदेश २ का उपाध्यक्ष इन्जिनियर राम ईश्वर यादवको अध्यक्षतामा जनकपुरधाममा भएको उक्त कार्यक्रममा वरिष्ठ ईन्जिनियर डा. कृष्णचन्द्र साह, नेपाल टिम्बर कर्पोरेसनका पुर्ब महाप्रबन्धक इन्जिनियर बिरेन्द्र यादव, सिडेनका पुर्ब केन्द्रिय कोषाध्यक्ष इन्जिनियर प्रेमचन्द्र राय, नेपाल ईन्जिनियर्स एसोसिएसन प्रदेश २ का सहसचिव इन्जिनियर भवेश मिश्रलगायतको उपस्थिति थियो ।