जनकपुरधाम : प्रादेशिक जनस्वास्थ्य प्रयोशगाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै महोत्तरीका ४ जना र सर्लाहीका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा पर्साका ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा रौतहटका २ जना पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा पनि पर्सा र सर्लाहीका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै काठमाडौंकै स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा पनि पर्साका २ जना र महोत्तरीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।