काठमाडौं : मलेसियास्थित नेपाली दूतावासले त्यहाँ एक नेपाली सुरक्षा गार्डलाई कुटपिट गर्ने पनि नेपाली नै भएको पुष्टि गरेको छ ।
दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै कुट्ने र पीडीत दवै नेपाली भएको पुष्टि गरेको हो । पीडीत नवलपरासीका इस्लाम हुसेन रहेको र कुट्ने व्यक्ति कपिलवस्तुकै रामगोपाल मुराउ भएको दूतावासले जनाएको छ ।
केहीदिन अघि एकदमै अमानवीय निर्दयी तरिकाले एक सुरक्षा गार्ड कुटिएको भिडियो सार्वजनिक भएको थियो।लगातार रिसले आगो जस्तै भएका एक व्यक्तिले सुरक्षा गार्डमाथि थप्पड र लाठ्ठीले बर्साईरहेको दृश्य भिडियोमा थियो ।
उक्त अमानवीय भिडियो सार्वजनिक भएसँगै मानिसहरुले ती कुट्ने व्यक्तिलाई कारवाही हुनुपर्ने भन्दै भिडियो सेयर गरिरहेका छन । उक्त भिडियो सार्वजनिक भएसँगै मलेसियास्थित नेपाली राजदूतावासले पनि नेपाली हुनसक्ने अनुमानमा स्थानीय प्रहरीलाई त्यस घटनाको सत्यतथ्य जाँचबुझ गर्न र दोषीलाई कारवाहीको दायरामा ल्याउन अनुरोध गरेको थियो ।
अनुसन्धानपछि दुवै जना नेपाली रहेको दूतावासले विज्ञप्तिमार्फत पुष्टि गरेको छ ।