काठमाडौं : किशोरीलाई करणी गरेको आरोपमा एक वडाध्यक्ष पक्राउ परेका छन् । गोरखाको पालुङटार नगरपालिका ४ का ठाकुरकान्त रानाभाट पक्राउ परेका हुन् ।
गाउँकै १४ वर्षीया किशोरीलाई विवाह गर्ने प्रलोभनमा बलात्कार गरेको आरोप लागेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । ‘अभिभावकको उजुरीको आधारमा हामीले उनलाई पक्राउ गरेका हौँ,’ जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बासुदेव खतिवडाले भने, ‘पक्राउपछि उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। उजुरीउपर थप अनुसन्धान भइरहेको छ।’
झण्डै ५० वर्षीय रानाभाट विवाहित व्यक्ति हुन् । तर, उनले किशोरीलाई बिहे गर्छु भन्दै लामो समयदेखि पटक–पटक बलात्कार गर्दै आएको पीडित किशोरीका अभिभावकको आरोप छ ।
प्रहरीका अनुसार वडाध्यक्ष र किशोरीबीचको सम्बन्ध थाहा भएपछि अभिभावकले वडाध्यक्षविरुद्ध जाहेरी दिएका छ ।