जनकपुरधाम : कोभिड आइसोलेसन धनुषाका संयोजक डा. जामुन सिंहले कोरोना संक्रमित नर्सहरुले लगाएको आरोपमा सत्यता नरहेको भन्दै विज्ञप्ती जारी गरेका छन् ।
अलग आइसोलेसनको व्यवस्था गरिदिन भनेपछि डा. सिंहले जागिर खाइदिने र लाइसेन्स खारेज गरिदिने भनेर धम्की दिएको नर्सहरुले आरोप लगाएकी छन् । तर डा. सिंहले अस्पतालको आइसोलेसनमा बस्न भनेपछि नमान्दा उनीहरुकै सुरक्षाका लागि धम्क्याएको टुडेखेजसँगको कुराकानीमा स्वीकारेका छन् । उनले नर्सहरुलाई बस्नका लागि होटल खोजेपनि नपाइएपछि बाध्य भएर त्यहाँको आइसोलेसनमा बस्न भनिएको उनको भनाई छ ।
डा. सिंहले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘उहाँहरु बसेको ठाउँमा सर्प तथा विच्छी आउन सक्छ र यो तपाईहरुको ज्यानको लागि सुरक्षित ठाउँ नभएकाले लगभग १ बजे राति आइसोलेसन मा नबसी असुरक्षित ठाउँमा बसि आन्दोलन गरे अनुसनुशासनको कारबाही हुन सक्ने जानकारी अन्त्यमा हरेश खाई उहाँहरुलाई भनेको हो र सो पनि उहाँहरुको भवितव्यबाट ज्यानको खतरा नहोस् भनेर उहाँहरुकै सुरक्षाको लागि भनिएको हो । यसमा कुनै अन्यथा बुझाइ भए सो सत्य नभएको जानकारी गराउदछौं ।’
हेर्नुस् विज्ञप्ती :
हेर्नुस् अन्य सम्बन्धित समाचारहरु :