लागुऔषधसहित दुई जना सिरहा प्रहरीको फन्दामा


लहान, ८ असोज । लागुऔषधसहित दुई जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ।

बुधबार बिहान इलाका प्रहरी कार्यालय झाझपट्टीबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा नवराजपुर गाउँपालिका वडा नं. ४ हस्पिटल चोकबाट दुई जनालाई पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिल राज बोहराले जानकारी दिए।

पक्राउ पर्नेमा लहान नगरपालिका वडा नं. १ सिंहराही बस्ने २४ वर्षिय दयाराम चौधरी र २० वर्षिय अजय चौधरी रहेको सिरहा प्रहरीले जनाएको छ। उनिहरुको साथबाट नाईट्रोभेट ५ सय ९२ चक्की बरामद गरिएकाे छ।

पक्राउ परेको दुवै जनालाई इलाका प्रहरी कार्यालय लक्ष्मीपुर् पतारमा ल्याई थप अनसन्धान थालेको प्रहरी नायव उपरीक्षक बोहराले बताए।

प्रकाशित : २०७६ आश्विन ८, बुधबार ११:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ