विराटनगर, १६ असोज । विराटनगर –१ बुद्धचोकका ५८ वर्षीय बाबुराम भट्टराईले प्रेसर कुकरले हानेर आफ्नै श्रीमती ५३ वर्षीय मञ्जु भभट्टराईलाई घाइते बनाएका छन् ।
सामान्य घरसायी विवादमा बिहीबार श्रीमानको कुकर प्रहारबाट गम्भीर घाइते भएकी मञ्जुको कोसी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले जानकारी दिए । प्रहरीका अनुसार मञ्जुको टाउकोमा गम्भीर चोट छ ।
प्रहरीले घरयासी विवाद भने पनि कस्तो विवादका कारण घटना भएको हो भन्ने बारेमा खुलाएको छैन । घटनापछि फरार रहेका बाबुरामको खोजी भइरहेको जानकारी प्रहरीले दिएको छ ।