पाकिस्तानी प्रधानमन्त्रीले दिए आणविक युद्धको धम्की


९ भदौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँगको द्वन्द्व युद्धतर्फ अगाडि बढ्यो भने आणविक युद्धको अवस्था आउनसक्ने र कसैको पनि जित नहुने जिकिर गरेका छन् ।

सोमबार ट्विटमा प्रधानमन्त्री खानले पाकिस्तान र भारत दुवै देशसँग आणविक हतियार रहेको स्मरण गराएका हुन् । आणविक युद्धको परिणाम विश्वका लागि भयानक हुने चेतावनी पनि खानले दिएका छन् ।

उनले आफ्नो ट्विटमा विश्व समुदायलाई पनि आफ्नो पक्षमा समर्थन गर्न आग्रह गरेका छन् । ‘पाक जुनसुकै तहमा पनि जानसक्छ,’ उनले ट्विटमा लेखेका छन् ।

प्रकाशित : २०७६ भाद्र ९, सोमबार १४:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ