विधानसभामा पोर्न भिडियो हेरेर चर्चामा आएका सावदी बने उपमुख्यमन्त्री


१० भदौं । भारत कर्नाटकको सरकारमा तीन उपमुख्यमन्त्री हुने भएका छन् । बिएस येदियुरप्पा सरकारमा तीन उपमुख्यमन्त्री राख्ने निर्णय भएको हो ।

एक हप्ताको पर्खाईपछि येदियुरप्पा सरकारका मन्त्रीहरुको विभागको बाँडफाँड भएको छ । भारतीय जनता पार्टी (भाजपा)ले लिंगायत, वोक्कालीगा र दलित समुदायबाट एक–एक गरी तीन उपमुख्यमन्त्री राख्ने निर्णय गरेको हो ।

विधानसभामा पोर्न चलचित्र हेरेका कारण चर्चामा आएका र विधानसभा चुनावमा पराजित भएका लिंगायत नेता लक्ष्मण सावदी, वोक्कालीगा नेता तथा जेडिएस–कांग्रेसमा भएको फुटमा महत्वपूर्ण भूमिका निर्वाह गरेका अश्वत नारायण र दलित नेता गोविन्द करजोल उपमुख्यमन्त्री बनेका छन् ।

केन्द्र सरकारले येदियुरप्पामाथि नियन्त्रण कायम गर्नका लागि तीन उपमुख्यमन्त्री बनाएको पनि बताइन्छ।

प्रकाशित : २०७६ भाद्र १०, मंगलवार ०४:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ