दुई नेपाली मलेसियामा पक्राउ


काठमाडौं, २९ भदौं । मलेसियामा दुई नेपाली पक्राउ परेका छन् । ७ वटा कृषि फार्ममा गरिएको खोजतलाशका क्रममा अन्य ३७ सहित दुई नेपाली पनि पक्राउ परेको हुन्।

प्रहरीका अनुसार पक्राउ परेकाहरु अवैधानिक रुपमा मलेसियामा बस्दै आएको मानिस हुन् । क्यामरन हाइल्याण्डमा गरिएको प्रहरी खोजतलाशका क्रममा उनीहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैभन्दा धेरै १७ जना भारतीय, १२ जना वंगलादेशी, सात जना म्यानमार, दुई नेपाली र अन्य एकजना रहेको जनाइएको छ ।

खोजतलाश शुरु भएपछि भाग्न थालेकाहरुलाई घेरा हालेर पक्राउ गरिएको जनाइएको छ । उनीहरुलाई थुनुवा केन्द्रमा पठाइएको र अनुसन्धान सुरु भएको समाचारमा जनाइएको छ । सो क्रममा ६ जना रोजगारदातालाई समेत कारवाही हुने जनाइएको छ ।

अवैधानिक रुपमा बसिरहेकाहरुलाई स्वदेश फर्किने अवसर स्वरुप हाल व्याक फर गुड कार्यक्रम सञ्चालन गरिरहेको छ जस अन्तर्गत निवेदन दिएर न्यून जरिवाना तिरेर स्वदेश फर्किन पाइन्छ । मलेसियास्थीत नेपाली दूतावासले सो अवसरको सदुपयोग गर्न पटक पटक आग्रह गर्दै आएको छ ।

प्रकाशित : २०७६ भाद्र २९, आईतवार ०६:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ