विद्यालयमा भिषण आगलागी, २३ बालबालिकाको मृत्यु


काठमाडौं, १ असोज । अफ्रिकी मुलुक लाइबेरियाको एक विद्यालयमा आगलागी हुँदा कम्तीमा २३ बालबालिकाको मृत्यु भएको छ । बुधबार लाइबेरियाको राजधानी मोन्रोभियाबाटनजिकै रहेको विद्यालयमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो ।

मस्जिदसमेत रहेको विद्यालयमा आगलागी हुँदा अधिकांश बालबालिका निदाइरहेको जनाइएको छ । आगलागी के–कति कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

यसैबीच, लाइबेरियाका राष्ट्रपति जर्ज वेइले घटनाप्रति शोक व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति धैर्यधारण गर्न अपील गरेका छन् । एजेन्सी

प्रकाशित : २०७६ आश्विन १, बुधबार १४:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ