फिलिपिन्सका राष्ट्रपतिले भने– भ्रष्टाचारीलाई गोली ठोक्नुपर्छ


एजेन्सी, ५ असोज । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले देशमा भ्रष्टाचार उन्मुलन गर्न जनतालाई सशक्त प्रतिकारमा उत्रिन आग्रह गरेका छन् ।

सार्वजनिक कार्यक्रममा बोल्दै राष्ट्रपति डुटरटेले भ्रष्टाचारमा संलग्नलाई नमर्ने गरि गोली ठोक्न समेत आग्रह गरेका हुन् । भ्रष्टाचारीलाई जेलको सजाय मात्रै पर्याप्त नहुने भन्दै उनीहरुलाई शारीरिक रुपमै घाइते बनाउनुपर्ने राष्ट्रपति डुटर्टेले बताए ।

उनले सेवाग्राहीसँग कोही कसैले घुस मागे तत्काल थप्पड हान्न समेत जनतालाई आग्रह गरेका छन् । विवादास्पद छवि भएका फिलिपिनी राष्ट्रपति डुटर्टेमाथि देशमा ला‘गूऔ‘षध तस्क‘र तथा अभियान चलाउँदा ३४ सय जना व्यक्तिको ह‘त्या गरेको आरोप छ ।

पश्चिमा देशका नेताहरूप्रति कटाक्ष गर्ने भएका कारण उनी राष्ट्रवादी नेताको छविले जनतामाझ निकै लोकप्रिय छन् ।

प्रकाशित : २०७६ आश्विन ५, आईतवार ०६:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ