मलेसियामा नेपाली कामदारलाई मरणासन्न हुने गरी कुटपिट

काठमाडौं, ७ असोज । मलेसियामा सुरक्षागार्डमा कार्यरत एक नेपालीलाई कम्पनीका म्यानेजरले मरणासन्न हुने गरी कुटेका छन् ।
मलेसियाको जोरबारुस्थित फरेस्ट सिटी काउन्टी गार्डेनमा सुरक्षागार्डको रुपमा कार्यरत भोजपुर, नेपालडाँडा घर भएका मोहनचन्द्र थापामाथि कुटपिट भएको हो । कम्पनीका वाङ नाम गरेका म्यानेजरले उनलाई मरणासन्न हुने गरी कुटेको सोही कम्पनीमा कार्यरत थापाका काका अमरसिंह थापाले जानकारी दिए ।
बिरामी भइ कोठामा सुतेका थापालाई ड्युटीमा नगएको आरोपमा कुटपिट गरिएको उनका काकाले बताए । पादक पदार्थ सेवनको आरोप लगाउन कुटपिटपछि उनको शरीरमा रक्सी खनाइएको पनि उनले जानकारी दिए । कुटपिटको घटना बाहिर जान नदिन कम्पनीमा कार्यरत नेपालीहरुलाई कोठामा बन्धक बनाइएको छ । उनले भने, ‘हामीलाई बन्धक बनाएर राखिएको छ । साथमा रहेको मोबाइल पनि कब्जामा लिइएको छ ।’
घटना चार दिन अघि भएको हो । मोबाइल फोन खोसिएको तथा बन्धक बनाइएकाले घटनाबारे जानकारी ढिला आएको हो । पीडितका काका थापाले कम्पनीमा कार्यरत कर्मचारीको सहयोगमा जंगलबाट लुकेर नेपालस्थित आफन्त कृष्ण मगरलाई घटनाबारे जानकारी दिएका थिए ।
मगरले खबरहबलाई घटनाबारे जानकारी दिएका हुन् । घटनाबारे जानकारी मलेसियास्थित दूतावाससम्म पुग्न सकेको छैन । पीडितहरुले नेपाल सरकारसँग उद्दारका लागि सहयोग मागेका छन् ।
तपाई आफ्नो धारणा लेख्नुहोस् !
ताजा अपडेट
ट्रेन्डिङ
- १. लहानमा दुई अर्बको लगानीमा पाँच सय बेडको मुटु र मधुमेह रोगको अस्पताल बन्दै
- २. मधेस सरकार दलालको कब्जामा ! वडाध्यक्षको योजना पनि विक्री
- ३. गोलाप्रथाबाट केन्द्राध्यक्ष नियुक्ति नभए एसइई परीक्षा प्रक्रियाबाट मधेस सरकार अलग्गिने चेतावनी
- ४. सीके राउतलाई ५ करोड रुपैया दिएको छु, हिसाब माग्दा मलाई कारबाही गरे : यादव
- ५. जनमत नेतृत्वको मधेस सरकारमा योजना खरिद विक्री- मन्त्रीको रेट ८ प्रतिशत, दलालको २० !
- ६. सीके राउतले चढ्दै आएको गाडी किन्न ७० लाख दिएको छु, त्यो गाडी फिर्ता गरोस् : सुरेन्द्र यादव