कश्मीर भूकम्प अपडेट : मृत्यू हुनेको संख्या १९ पुग्यो, कैयौं घाइते


एजेन्सी, ७ असोज । पाकिस्तान प्रशासित कश्मीरको रावलपिण्डी नजिकै केन्द्रबिन्दु बनाएर मंगलबार गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।

पाकिस्तानको मिरपुर शहरमा मात्रै ज्यान गुमाउनेका संख्या १९ पुगेको रोयटर्सले जनाएको छ । जिल्ला प्रहरी कार्यलयका प्रमुख इर्फान सलिमलाई उद्धृत गर्दै रोयटर्सले भूकम्पमा परी ३ बालबालिका सहित १९ जनाको मृत्यु भएको जनाएको छ ।

भूकम्पका कारण भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ । भूकम्पमा परी सयौं घाइते भएका कारण मृतकको संख्या बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी भौगर्भिक सर्वेका अनुसार पाकिस्तान प्रशासित कश्मीरको रावलपिण्डी केन्द्रविन्दू बनाएर ६।१ रेक्टर स्केलको भूकम्प गएको हो । भारतको राजधानी दिल्लीसहितका ठाउँमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।

प्रकाशित : २०७६ आश्विन ७, मंगलवार १६:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ