चीनको अर्को चमत्कार : ११ अर्ब डलर खर्चेर चीनले बनायो यस्तो अचम्मको विमानस्थल


बेइजिङ, ८ असोज । चीनले ११ अर्ब डलर खर्चेर बनाएको नयाँ विमानस्थल बुधबारदेखि सञ्चालनमा आएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गरेका छन् ।

यसअघि यो विमानस्थल चीनमा साम्यवादी शासन व्यवस्था लागू भएको ७० वर्ष पुगेको उपलक्ष्यमा अक्टोबर १ मा उद्घाटन गर्ने बताइएको थियो । विमानस्थलबाट पहिलो उडान चाइना साउदर्न एयरलाइन्सले गरेको छ ।

एयरलाइन्सको ए३८० जहाज डाक्सिङबाट ग्वाङजाउका लागि उडेको छ । चीनले ४७ वर्ग किलोमिटरमा फैलिएको उक्त विमानस्थल पाँच वर्षमा बनाइसकेको हो । डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा संसारकै ठूलो एकल टर्मिनल भवन रहेको छ।

अहिले डाक्सिङ विमानस्थलमा प्रतिघन्टा ३०० जहाजले उडान र अवतरण गर्न सक्छन् । संसारकै व्यस्त विमानस्थल हुने विश्वास गरिएको यो विमानस्थलले सन् २०४० सम्म वार्षिक १० करोड यात्रुलाई सेवा लक्ष्य राखेको छ।

चिनियाँ नागरिक उड्ययन प्रशासनले विमानस्थलमा ६ लाखले रोजगारी पाउने अपेक्षा राखेको छ । सात वटा धावनमार्ग बनाउन सकिने विमानस्थलले सन् २०२५ सम्म वार्षिक ७ करोड यात्रुलाई सेवा दिनसक्ने चिनियाँ अधिकारीहरूको विश्वास छ।

सेन्ट्रल बेइजिङबाट ४६ किलोमिटर दक्षिणमा अवस्थित यो विमानस्थलमा नेपालको हिमालय एयरलाइन्सले पनि उडान सुरु गर्ने तयारी गरेको छ। हिमालयले काठमाडौंबाट सिधा उडानका लागि प्रक्रियागत काम गरिरहेको जानकारी दिएको छ। एजेन्सी

प्रकाशित : २०७६ आश्विन ९, बिहीबार ०५:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ