चन्द्रमामा भएको थियो भारतको चन्द्रयान–२ ‘विक्रम’को हार्ड ल्यान्डिङ : नासा


१० असोज । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले इसरोको चन्द्रयान–२ को ल्यान्डिङ साइटका केही नयाँ र ‘हाई रेजोल्यूशन’ तस्बिर जारी गरेको छ । नासाले यी तस्बिर आफ्नो वेबसाइट र सोशल मिडिया अकाउन्ट्समा शेयर गरेको छ ।

तस्बिर ट्वीट गर्दै नासाले लेखेको छ, ‘हामीले भारतको चन्द्रयान–२ को विक्रम ल्याण्डरको ल्यान्डिङ साइटका केही तस्बिर खिचेका छौँ । तस्बिर अध्यारोमा लिइएको हो जसकारण ल्याण्डरको स्थिति थाहा हुन सकेन । अक्टूबरमा उज्यालो हुने हुँदा फेरि तस्बिर लिने प्रयास गरिनेछ ।’

नासाले आफ्नो वेबसाइटमा लखेको छ कि चन्द्रयान–२ को विक्रम ल्याण्डर सेप्टेम्बर ७ मा चन्द्रमाको सतहमा हार्ड ल्यान्डिङ अर्थात् जोरले टकराएको थियो । अहिलेसम्म विक्रम ल्याण्डरको तस्बिर लिन र उसको लोकेशन पत्ता लगाउन भने नसकिएको नासाले उल्लेख गरेको छ ।

  • देशसञ्चार
प्रकाशित : २०७६ आश्विन १०, शुक्रबार १२:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ