भारतीय मूलका सन्दीपको अमेरिकामा गोली हानी हत्या


काठमाडौं, ११ असोज । भारतीय मूलका एक प्रहरी अधिकारीको अमेरिकाको टेक्सास शहरमा गोली हानी हत्या भएको छ । उनी भारतीय मूलका शिख प्रहरी अधिकारीको गोली हानी हत्या भएको हो ।

ज्यान गुमाउनेमा ह्यारिस काउन्टीका सेरिफ डेपुटी सन्दीप धालिवाल रहेका छन् । उनले शुक्रबार दिउँसो पौने १ बजे सवारी नियम उलंघन गर्ने एक कारलाई ट्राफिक स्टपमा रोकेका थिए ।

ड्राइभरसिटको ढोका खुल्ला रहेको कारको त्यो ढोका लगाइदिएर उनी आफ्नो प्याट्रोलिङ गाडीमा फर्कदै गर्दा ड्राइभिङ सिटमा रहेको व्यक्ति निस्केर उनलाई पछाडिबाट दुई राउण्ड गोली प्रहार गरेको थियो ।

गोलीप्रहार गरेपछि ऊ तुरूत फर्केर गाडी हाँक्दै भागेको थियो । गम्भीर घाइते अवस्थामा स्थानीय मेमोरियल हर्मन अस्पतालमा भर्ना गरिएका उनको उपचारको क्रममा निधन भयो ।

यसैबीच उनलाई गोलीप्रहार गरी भागेको ४७ वर्षीय रबर्ट सलिसलाई नजिकैको एक स्टोबाट पक्राउ गरिएको छ । गोली प्रहार गर्ने व्यक्ति अपराधी पृष्ठभूमिको रहेको पुष्टि भएको छ ।

प्रकाशित : २०७६ आश्विन ११, शनिबार ११:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ