चीनको एक कारखानामा भिषण आगलागी, १९ जनाको मृत्यु


एजेन्सी, १३ असोज । चीनको झेजिआङ्ग प्रान्तको निङ्गबो शहरमा अवस्थित एक कारखानामा भएको आगलागीमा परी कम्तीमा १९ जनाको ज्यान गएको छ ।

दैनिक आवश्यकताको सामाग्री उत्पादन हुने यस कारखानामा स्थानीय समयानुसार आइतबार मध्यराती १ स् २० मा आगलागी शुरु भएको बताइएको छ ।

स्थानीय समयानुसार सोमबार बिहान ६ बजे आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या १९ पुगेको प्रहरीले जनाएको छ । यस दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।

प्रकाशित : २०७६ आश्विन १३, सोमबार ११:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ