नेपाल भएर भारत छिरेका दुई बंगलादेशी पानीट्या‌ंकीबाट पक्राउ


दार्जिलिङ, १५ असोज नेपालको भूमि भएर भारत छिरिरहेको दुई बंगलादेशी नागरिक पक्राउ परेका छन्। सशस्त्र सीमा बल (एसएसबी)-का जवानहरूले मङ्गलवार भारत-नेपाल सीमा पानीट्या‌ंकीबाट ती दुई बंगलादेशी नागरिकलाई पक्राउ गरेका हुन्।

जानकारीका अनुसार यी दुवै बंगलादेशी नागरिकसँग कुनै वैध दस्तावेज थिएन। वैध कागज-पत्रबिना उनीहरू भारतीय भूमि भएर नेपाल छिर्ने कोशिश गरिरहेका थिए। एसएसबी सूत्रका अनुसार पक्रा परेका बंगलादेशी नागरिकद्वयको नाम क्रमैले मोहम्मद बच्चुमियाँ (48) र मोहम्मद रफिकुल इस्लाम (३७) हो।

बच्चुमियाँ गाजीपुर तथा रफिकुल इस्लाम ढाकानिवासी रहेको बताइएको छ। एसएसबीले थप केरकार र अनुसन्धानका लागि दुवै बंगलादेशी नागरिकलाई खोरीबारी पुलिस थानामा सुम्पिएको छ।

स्मरणरहोस्, केही दिनअघि पनि नेपालको भूमि भएर अवैध रूपले भारत छिरिरहेका दुई बंगलादेशी नागरिकलाई एसएसबीका जवानहरूले पानीट्यांकीबाट पक्राउ गरेका थिए। उनीहरूसँग पनि कुनै वैध दस्तावेज थिएन।

प्रकाशित : २०७६ आश्विन १५, बुधबार ०१:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ