यस्तो कडा कानुन बन्यो : मास्क लगाए १ वर्ष जेल सजाय र जरिवाना पनि !


काठमाडौं, १८ असोज । आज (शनिबार) देखि हङकङमा मास्क लगाउन नपाइने भएको छ । मास्क लगाएर मुख लुकाउनेलाई जरिवानासहित जेल सजाय हुन्छ ।

अक्टोबर ४ को मध्यराति १२ बजेदेखि यो नियम लागू भएको हो । नियम उलंघन गर्नेलाई २५ हजार हङकङ डलर जरिवानाका साथै १ वर्षसम्म कैद हुन सक्नेछ । विवादास्पद सुपुर्दगी विधेयक फिर्ताका बाबजुत प्रदर्शनकारीहरुले हङकङमा तोडफोड जारी राखेका छन् ।

गत जुलाईदेखि भइरहेको तोडफोडमा संलग्नले मुख छोपेका कारण पहिचान कठीनाइ भएपछि हङकङले मास्क निषेधको नीति लिएको हो ।

प्रकाशित : २०७६ आश्विन १८, शनिबार ०९:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ