पाकिस्तानका प्रधानमन्त्री इमरान खानको चौतर्फी आलोचना, पद नै खतरामा !


काठमाडौं, १९ असोज । पाकिस्तानका प्रधानमन्त्री इमरान खान अहिले देशमा चौतर्फी आलोचनाको शिकार बनिरहेका छन् ।

एकातर्फ सेनाप्रमुखले अधिकारक्षेत्र नाघेर व्यापारीहरूसँग बैठक गरिरहेका छन् भने अर्कातर्फ उग्रवादी नेता फजलुर रहमान पनि उनीविरुद्ध मैदानमा ओर्लिएका छन् ।

कुनै बेला इमरान खानले सेना र उग्रवादीहरूको साथ पाएका थिए तर अहिले यी दुवै उनलाई सत्ताबाट हटाउन सुगबुगाइरहेको देखिन्छ । जमीयत उलेमा–ए–इस्लामका प्रमुख फजलुर रहमानले स्वतन्त्रता आन्दोलनको घोषणा गरेर समस्या बढाइदिएका छन् ।

रहमानले शनिवार स्वतन्त्रता आन्दोलन सरकारविरुद्ध युद्ध भएको घोषणा गरे । सरकार पतन नहुन्जेल आन्दोलन जारी रहने उनले बताए । पेशावरमा प्रेस सम्मेलनमा उनले भने, ‘पूरा देश हाम्रो युद्धक्षेत्र हुनेछ ।’

विपक्षी नेता ख्वाजा आसिफले पनि इमरान सरकारविरुद्ध आक्रमण गर्दै देशको अर्थतन्त्र सुस्त भएको र कूटनीति पनि सफल नभएको बताए ।

इमरानले गफ मात्र गरेको र काम नगरेको उनले आरोप लगाए । कश्मीर विषयमा कुनै पनि देशले पाकिस्तानको साथ नदिएकोमा इमरान दोषी रहेको उनले बताए । एजेन्सी

प्रकाशित : २०७६ आश्विन १९, आईतवार ०५:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ