भारतमा ग्यास सिलिण्डर पड्किँदा १० जनाको मृत्यु


एजेन्सी, २७ असोज। भारतको उत्तर प्रदेश मउमा सोमबार बिहान ग्यास सिलिण्डर पड्किँदा २ तले घर भत्किएर १० जनाको ज्यान गएको छ । घटनामा अन्य १५ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मोहम्दाबादको बदलीपुर गाउँमा यो घटना भएको हो । सिलिण्डर पड्किएर घर भत्किँदा अझै केही व्यक्ति घरमा पुरिएको आशंका गरिएको छ । अहिले उद्धारको काम भइरहेको छ ।

ग्यास सिलिण्डर के कारणले पड्किएको भन्ने बारेमा जानकारी प्राप्त भइसकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रकाशित : २०७६ आश्विन २७, सोमबार ०५:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ