इन्धनको मूल्य बृद्धिको विरोधमा जारी प्रदर्शनमा ६ जनाको मृत्यु


एजेन्स, २९ असोज । इक्वेडरमा इन्धनको मूल्य वृद्धिको विरोधमा करिब १० दिन अघिबाट शुरु भएको हिंसात्मक झडपमा परी ६ जनाो मृत्यु भएको छ । प्रदर्शनको क्रममा १ हजार ५ सय ७ जना घाइते भएका छन् । यस प्रदर्शनको क्रममा १ हजार ३३० व्यक्ति पक्राउ परेका गृह मन्त्री मारिया पउला रोमोले बताएका छन् ।

गत अक्टोबर १ मा राष्ट्रपति लेनिन मोरेनोले इन्धनको लागतलाई कम गर्दै सरकारी अनुदान अन्त्य गर्ने घोषणा गरेका थिए । जसका कारण १२३ प्रतिशतसम्म इन्धनको मूल्य वृद्धि हुने भएको थियो । यो उपाय अन्तरर्राष्ट्रिय मुद्रा कोषमा सहमति भएका सुधारमध्येको एक हो । जसले इक्वेडरलाई ४.२ अर्ब डलर ऋण लिन मद्दत पुर्‍याउँछ ।

सरकारी मुख्यालयनजिकै रहेको क्विटोको ऐतिहासिक केन्द्रमा आदिवासी समूह, किसान, विद्यार्थी र मजदुर युनियनको प्रतिनिधित्व गर्ने हजारौं व्यक्तिले प्रदर्शन जारी राखेका थिए । इक्वेडरका राष्ट्रपति लेनिन मोरेनो आइतबार प्रदर्शन नेताहरुसंग धेरै घण्टासम्म बैठकपछि सरकारले नयाँ अनुदान योजनामा काम गर्ने दुबै पक्ष सहमत भएका थिए ।

यस विरोध प्रदर्शनको क्रममा पक्राउ परेकामा ५७ जना विदेशी नागरिकहरू रहेका जसमध्ये धेरैलाई २४ घण्टा भित्र रिहा गरिएको मन्त्रीले जानकारी दिनु भएको थियो ।प्रदर्शनपछि १ हजार ५०७ जना सार्वजनिक स्वास्थ्य केन्द्रमा उपचार गरेका बताइएको छ । ती मध्ये ४ सय ३५ जना प्रहरी अधिकारीहरू समेत रहेका जनाइएको छ ।

प्रकाशित : २०७६ आश्विन २९, बुधबार १२:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ