संघीय गणतन्त्रलाई समाप्त गर्न असम्भव : अध्यक्ष यादव


रौतहट, ३ कार्तिक। समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले संघीय गणतन्त्रलाई कसैले पनि समाप्त पार्न नसक्ने बताएका छन् । कठिन आन्दोलन र संघर्ष तथा बलिदानी मार्फत् प्राप्त संघीय गणतन्त्रलाई समाप्त गर्नु असम्भव रहेको उनको भनाई छ ।

रौतहट जिल्लाको गरुडा नगरपालिकामा समाजवादी पार्टीले दशैं, दीपावली र छठ पर्वको अवसरमा शनिबार आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै संघीय सरकारका उप–प्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका यादवले संघीय गणतन्त्रलाई संस्थागत गर्नु आवश्यक रहेकोमा जोड् दिए । ‘समावेशितालाई अगाडी बढाउँदै विगतको आन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई संरक्षण गर्नु आवश्यक्ता छ’ उनले भने, “यसका साथै समाजमा कायम रहेको भेदभावलाई पनि हटाउनु जरुरी छ ।”

‘विगतको तुलनामा भेदभाव केही कमी देखिएको छ’ उनले भने, “तैपनी मधेशी, दलित, जनजाती तथा मुस्लिम समुदायसंगको भेदभाव कायम नै रहेको छ । यसलाई हटाउनु जरुरी छ ।” अध्यक्ष यादवले मुलुकमा संविधान संशोधन आवश्यक रहेको समेत बताए । लोकतन्त्र बचाउन संविधान संसोधान अपरिहार्य रहेको उनको भनाई छ ।

यादवले मेधशी, दलित, जनजाती आदिवासी र महिलामाथि भईरहेको विभेद अन्त्य गर्न संविधान संशोधन आवश्यक रहेकोमा जोड् दिदैं संबैधानिक प्रक्रियाद्वारा संविधान संसोधन पछि यस्ता समयाहरु ह्टेर जाने बताए । अहिलेको समाजादी पार्टी पहिलाको मधेशी जनअधिकार फोरम हुदै यहाँसम्म निरन्तर संघर्ष गर्दै आएको बताउँदै सरकारमा संघर्ष, संसदमा संघर्ष तथा सडक संघर्ष बैचारीक रुपमा जारी रहेको उल्ल्ेख गरे । ‘जबसम्म पूर्ण अधिकारको प्रत्याभूति, भेदभाव असमानताको अन्न्य हुदैन तबसम्म कुनै न कुनै रुपमा आन्दोलन जारी रहन्छ’ उनले भने ।

मधेश प्रदेशको विकास गर्न शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रको विकास हुनुपर्ने भन्दै यादवले राज्यको नीतीगत या पूर्वाग्राही आस्था रहेकोले मधेश पछाडि परेको बताए । उनले मधेशलाई अगाडि बढाउन मधेश विकास परियोजना जरुरी रहेको बताए । कार्यक्रममा प्रदेश नम्बर २ का आर्थिक माहिला तथा योजना मन्त्री विजय यादवले विवादास्पद रहेको गौरको राइसमिल बचाउनको लागी प्रदेश सरकारले करोडौ रकम विनियोजन गरेको जानकारी गराए ।

प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले नेपाली काँग्रेस र एमालेको प्रलोभनमा नपरेर मधेसको विकासको निम्ती समाजवादी पार्टी नै उपयुक्त भएको दावी गरे । सो अवसरमा प्रदेश २ का प्रदेश विकास सभापति अब्दुल कलाम आजाद, राज्य समिति सदस्य बालकिशोर यादव, प्रदेश सांसद रामकिसोर यादव, केन्द्रीय सदस्य विन्देश्वर यादव, रेमन्त झा, जिला समन्वय समितिका उपसभापति रामबशिष्ट यादव, गरुडा नगरपालिकाका मेयर इनु राय यादव, लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी समाजवादी पार्टीमा प्रवेश गरेका थिए । नवप्रवेसी कार्यकर्ताहरुलाई अध्यक्ष यादवले टिका तथा माला लगाई स्वागत गरेका थिए । समाजवादी पार्टी जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष तथा देवाही गोनाहीको मेयर धर्मेन्द्र पटेलको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको थियो । —आजको जनकपुर टुडेमा यो खबर छापिएको छ ।

प्रकाशित : २०७६ कार्तिक ३, आईतवार ०३:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ