एनआरएनए जोहोरद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग


सुरेन्द्र महतो
मलेशिया, ३ कार्तिक।
गैर आवासीय नेपाली संघ (NRNA) मलेसिया जोहोर बारु क्षेत्रीय समिति परिवारले बर्दियाको स्थित राजापुर नगरपालिका निवासी बद्री काफ्लेका छोरा सेखर काफ्लेलाई आर्थिक सहयोग गरेको छ ।

२०१७/१२ /२४ तारीख आइतबारका दिन मलेसियाको राजधानी बाट झन्डै ३ सय किलोमिटर टाढा रहेको जोहोर क्षेत्रमा लाखौं नेपालीका समस्यालाई मध्यमा राख्दै गैर आवासीय नेपाली संघ (NRNA) मलेसियाको शाखाको रूपमा जोहोर बारु क्षेत्रीय समितिको गठन भएको थियो ।

गैर आवासीय नेपाली संघ (NRNA) मलेसिया जोहोर बारु क्षेत्रीय समिति गठन पश्चात् विभिन्न समस्या र कठिनाइहरुलाई एउटा अवसरका रुपमा आफ्नो कामकारबाही अगाडि बढाउदै देश तथा बिदेश मा नेपालीहरुको समस्यामा साथ र सहयोग पुर्याउदै आइरहेको छ ।

मलेसिया जोहोर बारुको विभिन्न क्षेत्रमा कार्यरत हजारौं नेपाली श्रमिक का समस्या लाई मध्यनजर गर्दै समस्यामा परेका नेपाली श्रमिक दाजुभाइ दिदिबहिनीहरुका समस्यालाई तत्काल दूतावास सम्म पुर्याउन र जस्तोसुकै समस्या भए पनि समाधान को मुर्तरुप दिने उद्देश्य लिएर २२/९/२०१९ आइतबारका दिन गैर आवासीय नेपाली संघ NRNA मलेसिया जोहोर बारु क्षेत्रीय समिति परिवारले NRNA जोहोर सम्पर्क कार्यालय उद्गघाटन शभा कार्यक्रम गरेको थियो र उक्त कार्यक्रममा उठेको सहयोग बाट देश तथा बिदेशमा दुखमा परेकालाई सहयोग गर्ने गैर आवासीय नेपाली संघ जोहोर का अध्यक्ष मिम गुरुङले जानकारी दिनुभयो ।

प्रकाशित : २०७६ कार्तिक ३, आईतवार १२:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ