जनकपुर गोली काण्ड : दुई पेस्तोल र २२ राउण्ड गोलीसहित ठेकेदार चौधरी पक्राउ


जनकपुरधाम, ६ कार्तिक । जनकपुरधाम उपमहानगरपालिका १४ स्थित घरमै गोली हानेर एक व्यावसायीको हत्या गरेका ठेकेदार पंकज चौधरी पक्राउ परेका छन् ।

गोली हानेर परोसीको घरमा लुकेको अवस्थामा चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट एक थान अटोमेटिक पेस्तोल र १९ राउण्ड गोली बरामद भएको छ । यस्तै घटनास्थलबाट समेत एक थान पेस्तोल र ३ राउण्ड गोली बरामद भएको धनुषाका एसपी शेखर खनालले जानकारी दिए ।

मृतक साह जनकपुरधाम उपमहानगरपालिका १ वकिल टोलीका छन् । उनले सपहीमा संचालन गरेको श्री शिव पेट्रोल पम्पमा पेट्रोलियम पदार्थ ठेकेदार चौधरी लिएका थिए । सोही पेट्रोलियम पदार्थको रकम माग्न घर पुगेपछि साहको उनले गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६ कार्तिक ६, बुधबार ०७:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ