ढिस्कोले पुरिएर एकको मृत्यु, दुई गम्भीर घाइते


रोल्पा, ७ कार्तिक। रोल्पामा घरमा लगाउने कमेरो माटो खन्नेक्रममा ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनिल स्मृति गाउँपालिका–५, काभ्राकी १८ वर्षीया पवित्रा सेन छन् ।

बिहीबार दिउँसो रोल्पा नगरपालिका–३, कमिरे धारा भन्ने स्थानमा उनको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । खाल्डोमा पसेका सोही गाउँका १७ वर्षीया स्यानी घर्ती र २२ वर्षीया कर्मा रोका गम्भीर घाइते भएका छन् ।

घटना भएको थाहा पाएलगत्तै स्थानीयहरुले उनीहरुको उद्धार गरेका थिए । घाइतेहरुलाई स्थानीय स्वास्थ्य संस्थामा लगिएको छ ।

प्रकाशित : २०७६ कार्तिक ७, बिहीबार १०:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ