काश्मीरमा पाँच मजदूरको गोली हानी हत्या


१३ कार्तिक । भारतद्वारा प्रशासित कश्मीरमा चरमपन्थी सूहले ५ जनाको हत्या गरेको छ । कुलगाम जिल्लाको कातरसू गाउँमा चरमपन्थीले ५ जनाको हत्या गरेको कश्मीर प्रहरीले पुष्टि गरेको हो ।

जम्मू–कश्मीर प्रहरीले ट्वीट मार्फत हत्या भएको जानकारी गराएको छ । मंगलबार राति करिब ९ बजे हत्या गरिएपछि अहिले त्यहाँको सुरक्षा अवस्था कडा पारिएको छ । मारिएका सबै स्थानीय मजदूर छन् । चरमपन्थीले घरमै पसेर मारेको प्रहरीले जनाएको छ ।

जम्मू–कश्मीरको अवस्थाबारे जानकारी लिन युरोपियन सांसदहरुको समूह स्थलगत निरीक्षण गरिरहेको बेला मजदुरको हत्या भएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ ।

प्रकाशित : २०७६ कार्तिक १३, बुधबार ०२:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ