कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको केन्द्र सार्वजनिक-हेर्नुस् केन्द्र


काठमाडौं, १७ कार्तिक। नेपाल सरकार, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी,भक्तपुरले कक्षा ११ को परीक्षा केन्द्र सम्बन्धी अत्यन्तै जरुरी जानकारी साझा गरेको छ ।

२०७६ सालको कक्षा ११ को ग्रेड वृद्धि (पूरक) परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरेको हो । राष्ट्रिय परीक्षा बोर्डबाट २०७६ साल कार्तिक ३० गते शनिबार र मंसिर १ गते आइतबार सञ्चालन गरिने कक्षा ११ को ग्रेड वृद्धि (पूरक) परीक्षाको परीक्षा केन्द्र तपसिल अनुसार निर्धारण गरिएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

परीक्षा समय बिहान ११ बजेदेखि २ बजेसम्म रहेको छ ।

प्रकाशित : २०७६ कार्तिक १७, आईतवार ०३:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ