अमेरिका : मुख्यमन्त्री राउतको प्रमुख आतिथ्यमा एन्टाको अधिबेशन सम्पन्न


काठमाडौं, २ मंसिर । अमेरिकामा बस्ने तराईवासीको संस्था एशोशिएसन अफ नेपाली तराइयन इन अमेरिका (एन्टा) को नयाँ अध्यक्षमा अपराजिता झा निर्वाचित हुनुभएको छ ।

प्रदेश न 2 का मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यमा अमेरिकाको आयवा राज्यको राजधानी डे मोयनमा आइतबार सम्पन्न एन्टाको पाँचौ महाधिवेशनको अवसरमा नयाँ निर्वाचित केन्द्रीय कार्यसमितिको घोषणा गरिएको हो । नयाँ कार्यसमितिका लागि अपराजिता झा समूह र सुबोध मल्लिक समूहबीच प्रतिस्पर्धा भएको र नोभेम्बर १२ देखि १५ गतेसम्म अनलाइन मतदान गरिएको नवनिर्वाचित अध्यक्ष झाले बताउनुभयो ।

घोषित निर्वाचन परिणामअनुसार एन्टाको वरिष्ठ उपाध्यक्षमा इन्द्रदेव साहु, महासचिवमा धीरज चौधरी, उपाध्यक्ष (अन्तर्राष्ट्रिय)मा अनिल द्विवेदी, उपाध्यक्ष (राष्ट्रिय)मा रणधीर शर्मा, कोषाध्यक्षमा मुकेश कर्ण र प्रवक्तामा मोहनकुमार यादव विजयी हुनुभएको छ ।

यस्तै, संयुक्त सचिवमा विन्देश्वर साह र संयुक्त कोषाध्यक्षमा सन्तोष साह तथा केन्द्रीय सदस्यहरुमा मनिष सिंह, सुनैना चौधरी, कुशेश्वर मण्डल, खुसनानन्दन ठाकुर र प्रभात झा निर्वाचित हुनुभएको छ । मतदानमा करिब चार सय मतदाताले भाग लिएको नवनिर्वाचित प्रवक्ता यादवले बताउनुभयो ।

महाधिबेसनमा प्रदेश दुईकै मुख्य न्यायधिवक्ता दीपेन्द्र झा र मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले समेत विशिष्ट अतिथिको रुपमा सहभागिता जनाउनुभयो ।

प्रकाशित : २०७६ मंसिर २, सोमबार ०१:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ